गुन्द्रुक समेत आयात गरेर “समृद्ध नेपाल, सुखी नेपाली” नारा साकार हुँदैन : प्रदेश अध्यक्ष चाम्लिङ – Chautari Khabar

गुन्द्रुक समेत आयात गरेर “समृद्ध नेपाल, सुखी नेपाली” नारा साकार हुँदैन : प्रदेश अध्यक्ष चाम्लिङ

समाजवादी पार्टीका प्रदेश नं.१ समितिका अध्यक्ष प्रवीण चाम्लिङले मुलुक कृषि उत्पादनमा आत्मनिर्भर नभएसम्म सफल नहुने बताएका छन् ।”गुन्द्रुक समेत आयात गरेर समृद्ध नेपाल, सुखी नेपाली नारा साकार हुँदैन”, अध्यक्ष चाम्लिङले भने -“देशका ५० लाख भन्दा बढी युवा विदेशमा छन् । के उनीहरु सुखी छन्, खुशी छन् ?”

समाजवादी पार्टी इलाम नगर समायोजन कार्यक्रममा सम्बोधन गर्दै चाम्लिङले पहिचान र सङ्घीयता दर्विलो राजनीतिक मुद्दा समाजवादी पार्टीसँग मात्रै भएकोले अब जनताको घरघरमा पुगेर पार्टीलाई जोड्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यता रहेको छ भने पार्टी उपाध्यक्ष युवराज कार्की, सचिव पर्शुराम बस्नेत, केन्द्रीय सदस्यहरु जयराम यादव, मित्र चापागाइँ लगायत प्रदेश र जिल्ला तहका नेता गण सहभागी छन् ।

समायोजनपछि इलाम नगर समितिको अध्यक्षमा गोपालबहादुर सोराली मगर चयन भएका छन् भने २१ सदस्यीय नगर समितिका उपाध्यक्षद्वयमा पन्चबहादुर एक्तेन र चतुरमान फियाक, सचिव दोर्जे तामाङ, सह-सचिव दिपेश फागो, कोषाध्यक्ष सनमाया तामाङ लगायत छन् । कार्यक्रम पूर्व सङ्घीय समाजवादी फोरम इलाम नगर अध्यक्ष छिकिन तामाङको अध्य्क्षतामा सम्पन्न भएको थियो  ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260