नेपालको संघीय प्रणाली नै अपाङ्ग-अध्यक्ष उपेन्द्र यादव – Chautari Khabar

नेपालको संघीय प्रणाली नै अपाङ्ग-अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय समिति  अध्यक्ष उपेन्द्र यादवले वर्तमान नेपालको संघीय प्रणाली नै अपाङ्ग भएको टिप्पणी गरे ।

शनिबार काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठ वटा घटक संगठनहरुको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै यादवले गणतन्त्र, समावेशीता, लोकतन्त्र, नागरिक स्वतन्त्रता विनाको संघीयता अपाङ्ग हुने बताउँदै अहिलेको संघीय प्रणाली त्यस्तै रहेको टिप्पणी गरे ।

‘संघ र प्रदेशको बीचमा अधिकार बाँडफाँड, अधिकार र स्रोत साधन न्यून दिएर संघीयता बलियो हुँदैन । संघीय प्रणालीमा तलबाट कति अधिकार दिन्छ, त्यो केन्द्रले लिने हो’ अध्यक्ष यादवले भने, ‘स्थानीय तह प्रदेश मातहत रहनैपर्छ तर हाम्रो देशमा उल्टो भएको छ ।’

उनले उत्पीडित जनताको आन्दोलनले नै समावेशी लोकतन्त्रको अभ्यास सुरु भएको बताउँदै अध्यक्ष यादवले विविधताको आधारमा समावेशीता अगाडी बढाउनुपर्नेमा जोड दिए ।‘ जातीय, भाषिक, साँस्कृतिक जुन विविधता छन्, यिनलाई सम्बोधन गर्न समावेशीता अगाडी बढ्नु पर्छ । अहिले त्यो भैरहेको छैन, समावेशीतालाई कमजोर पार्ने क्रम सुरु भएको छ’यादवले भने, ‘संघीयता र समावेशीता बलियो भएमात्र समृद्धि सम्भव छ ।’

अध्यक्षयादवले संविधान संसोधन गरी मुलुकलाई अग्रगामीदिशामा लैजानुको विकल्प नभएको जिकिर गरे । ‘संविधान जारी भएको बेला आधा भूभागमा दिपावली र आधा भूभागमा ब्याकआउट गरिएको थियो । यसलै सबैको अपनत्त ग्रहण गर्न सकेको छैन’यादवले भने, ‘सबैले सबैलाई समेट्नुपर्छ । सबैको अपनत्व ग्रहण गर्नेगरी संविधान संसोधन गर्नुको विकल्प छैन ।’

कार्यक्रममा समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ र हिसिलायमीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल बौद्धिक पेशाकर्मी महासंघ र घटक संगठनहरु संघीय कानुन व्यवसायी एसोसिएसन, प्रेस नेपाल, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्सक फेडेरेशन, राष्ट्रिय शिक्षक युनियन, निजामति ट्रेड युनियन नेपाल र समृद्धि संजाल नेपालको समायोजन घोषणा गरिएको थियो ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260