केशव अर्यालको अध्यक्षतामा ‘प्रेस नेपाल’ घोषणा – Chautari Khabar

केशव अर्यालको अध्यक्षतामा ‘प्रेस नेपाल’ घोषणा

काठमाडौं । समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ को केन्द्रीय समिति घोषणा भएको छ । तत्कालिन संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपालबीचको एकतापछि बनेको नयाँ संगठन ‘प्रेस नेपाल’ घोषणा भएको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो । समितिका ५ उपाध्यक्षमा आतिसकुमार मिश्र, नातीकाजी महर्जन, कमन देवान, प्रल्हाद पोख्रेल र मनोज ढोडारी छन्  । महासचिवमा विजय चाम्लिङ र उपमहासचिवमा देवेन्द्र खापुङ छन् । ६ सचिवमा दिपेन्द्र रुम्दाली, मुकेशकुमार मिश्र, शाहीमान राई, योगेन्द्रप्रताप शाही, विदुर ढुङ्गेल र उज्वल पौडेल छन् । कोषाध्यक्षमा पासाङ शेर्पा रहेकी छन् ।

सदस्यहरुमा अभरेन्द्र यादव, अशोक गुरुङ, उमेश दुबे, तिजेन्द्रसिंह दनुवार, जेबी दर्लामी, देशराज नेम्वाङ, नविन चौधरी, प्रियासिंह थारु, प्रेमचन्द्र झा, प्रेरणा शाक्य, फिपराज बेघा लिम्बू, अख्तियार अली, विजय कुसुवा, वैजनाथ यादव, भोला पासवान, मनोज कुमार यादव, रश्मी बलम्पाखी, रविन्द्र साह, राम लावती, राम योङहाङ, रामचन्द्र लोहारलगायत रहेका छन् ।

प्रेस नेपाल एजेण्डाको पक्षपाती : अध्यक्ष अर्याल

नवघोषित प्रेस नेपालका अध्यक्ष केशव अर्यालले पत्रकारहरु पनि एजेण्डाका आधारमा विभाजित भएको बताएका छन् ।

पत्रकारहरु स्वतन्त्र हुने भनिएता पनि एजेण्डाको पक्षपाती हुनुपर्ने बताए । उनले प्रेस नेपाल अग्रगमन, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडितहरुको पक्षपाती भएको उल्लेख गरे ।

प्रेस नेपाल राम्रो कार्यको समर्थन गर्दै र नराम्रो कामको भण्डाफोर गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रेस नेपालसहित संघीय कानुन व्यवसायी एसोसिएसन, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्कस फेडेरेशन, राष्ट्रिय शिक्षक युनियन, निजामति ट्रेड युनियन नेपाल र समृद्धि संजाल नेपालको समेत समायोजन घोषणा गरिएको थियो ।

कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, नवराज सुवेदी, हिसिला यमीलगायत पदाधिकारी तथा तथा केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260