पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान – Chautari Khabar

पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान

काठमाडौं । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौको महेन्द्र पुलिस क्लबमा चियापन कार्यक्रमको आयोजना गरेको छ ।

बिहान ११ बजेबाट शुरु भएको उक्त चियापान कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेस नेता गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, नेकपाका नेताहरु सुवास नेम्बाङ, भीम रावल लगायतलाई राप्रपा अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

हरेक वर्ष पौष २७ गते पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको राप्रपाले यसअघि आजै रक्तदान तथा कवि गोष्ठीको समेत आयोजना गरेको थियो ।

नेपालीलाई नेपाली नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा ०६६ सालदेखि चियापन कार्यक्रमको परम्परा थालनी गरेको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापासहित बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बरिष्ठ नेता दिपक बोहोरा लगायत कार्यसमितिका सदस्य एव नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260