कोरोनाबाट फौजी ब्यारेक कसरी सुरक्षित राख्ने ? फौजी कसरी सुरक्षित हुने ? – Chautari Khabar

कोरोनाबाट फौजी ब्यारेक कसरी सुरक्षित राख्ने ? फौजी कसरी सुरक्षित हुने ?

हाम्रो देश नेपाल विश्वव्यापि फैलिएको कोरोना भाइरसको अत्यन्तै जोखिममा रहेको छ । यस रोगको तिब्र रूपमा फैलन सक्ने क्षमताले मृत्युदर भन्दा नि यसले पार्ने अन्य नकरात्मक प्रभाव नै अहिलेको चिन्ताको विषय हो । हाम्रो जस्तो थोरै र सिमीत स्रोत साधन भएको देशमा यसबाट बच्ने उपायको अबलम्बलन र त्यसको तयारी नै सबैभन्दा बुद्धिमतापुर्ण हुन्छ ।

समाजमा सान्ति सुरक्षा प्रदान गर्ने र जनताको सुरक्षाको लागि तयार रहने फौजघर यसबाट अग्रिम सुरक्षित हुन जरूरी छ । यसले अधिक व्यक्तिलाई सजिलै आक्रमण गरि बिरामी गराउन सक्ने भएकाले फौज जस्तो सेन्सेटिभ अंगहरुले  यसको रोकथाममानै बढी ध्यान दिनु पर्छ ।

समुहमा बस्ने भएकोले फौजीघरहरू अत्यन्तै जोखिममा रहेका छन । यदि फौज नै यसको सड़्क्रमणको चपेटामा पर्यो भने फौज मात्र नभएर यसको नकरात्मक असरले  अन्य धेरै क्षेत्र अस्तव्यस्त हुन सक्ने खतरा देखिन्छ ।

के गर्ने फौजिघरमा ?

  • कोरोनासँग मिल्दो जुल्दो लक्षणहरू देखिए तुरून्तै रिपोर्ट गर्ने र मातहतको मेडिकललाई सम्पर्क राख्ने ।
  • कोरोना सम्बन्धी सचेतना कार्यक्रमका साथै हात धुने, मास्कको प्रयोग गर्ने र हाच्छिउँ गर्ने तरिका बारे सिकाउने ।
  • रूघाखोकि लागेका कर्मचारीलाई केही दिन आराम दिने र सामुहिक कार्यमा समावेश नगर्ने ।
  • नियमित हात धुने र प्रत्येक कर्मचारीले आफैले छुट्टै साबुन खल्तिमा बोक्ने / प्रयोग गर्ने ।
  • हातहतियार एक व्यक्तिबाट अर्को व्यक्तिले लिदा डिसइन्फेक्टेन्टले सफा गरेर लिने र बुझ्नेले साबुन पानीले हात धुएर मात्र बुझ्ने ।
  • मुख पुछ्ने  तौली आफ्नो मात्र प्रयोग गर्ने ।
  • ड्युटिमा खटिँदा अनिवार्य मास्कको प्रयोग गर्ने ।
  • ड्युटिमा खटिँदा लाएको पोसाक ड्युटि सकिए पश्चात धुने र घाममा सुकाउने ।
  • हात नमिलाउने, अनुहारमा हात नलाने ।
  • चेकजाँचको क्रममा सतर्क रहेर मात्र गर्ने सकिन्छ भने डिस्पोजेवल ग्लोव्सको प्रयोग गर्ने ।
  • व्यारेकमा खाटहरू कम्तिमा  ६ फिटको दूरीमा राख्ने ।
  • गेटमा प्रवेश गर्दा अनिवार्य हात धुएर मात्र प्रवेश गर्ने ।
  • अनावस्यक सामेलहरू घटाउने ।
  • रूघाखोकीका बिरामीलाई छुट्टै कोठाको व्यवस्थापन गर्ने ।
  • बिदाबाट फर्कने कर्मचारीको अनिवार्य स्वास्थ्य जाँज गर्ने ।
  • धेरै व्यक्तिबाट प्रयोग हुने सामानहरू सफा गरेपछि मात्र बुझ्ने ।
  • चेकजाँचका क्रममा ग्लोव्स र मास्क अनिवार्य प्रयोग गर्ने ।
  • ड्युटीबाट फर्केपछि अनिबार्य हात धुने, कुनै संकास्पद व्यक्तिसँग सम्पर्क भएको भए सो कुराको रिपोर्ट गर्ने ।
  • सम्पुर्ण फौज घरमा छुट्टै सफा, हावा खेल्न सक्ने, नियमित र दैनिक कार्यको सुबिधा भएका केही कोठाहरूको व्यवस्था गर्ने ।
  • हरेक सामेलीमा सबै कर्मचारीलाई अनिवार्य हात धुएर मात्र सामेली गराउने र अनिवार्य मास्कको प्रयोग गराउने ।
  • पेरीमिटर भित्र अनावश्यक र वाह्य मान्छेलाई प्रवेश गर्न नदिने ।
  • प्रहरी चौकीहरूमा केही पर बसेर मात्र कुरा गर्ने ।
  • साथीको  बेडमा नजाने र अन्य व्यक्तिको  व्यक्तिगत  सामान प्रयोग नगर्ने ।
  • ड्युटी बाहेकका कर्मचारीलाई बाहिर  निस्कन नदिने ।
  • खाना खाने समयमा फरक -फरक समय तोकी निश्चित संख्याले मात्र खाने ,सबैले एकै पटक खाना नखाने ।
  • हरेक ड्युटीका कर्मचारीलाई १०० ml बराबरको Hand Sanitizer दिने र चेकजाँच पछि Sanitizer ले राम्री हात सफा गर्ने ।

सम्बन्धित खवर