अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीसम्म पुग्यो कि पुगेन ? -राप्रपा अध्यक्ष राणा – Chautari Khabar

अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीसम्म पुग्यो कि पुगेन ? -राप्रपा अध्यक्ष राणा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीद प्रकरणमा भ्रष्टाचारमा सरकारका उपप्रधानमन्त्री, मन्त्री देखि सल्लाहकार, कर्मचारी मुछिएका र उनिहरुलाई अख्तियारमार्फत कानुनी कारवाही गर्न माग गरेका छन् ।

उनले शनिबार सन्देस जारी गर्दै आफ्नो सरकारका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार, कर्मचारी भ्रष्टाचार, अनियमितताका साथै अनलाइन संचार माध्यम माथि अवैध अवरोध गरेको समाचार छ, यस किसिमका दुर्गन्ध प्रधानमन्त्रीसम्म पुग्यो कि पुगेन ? भनि प्रश्न गर्दै  यस्ता  गल्ती र अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीसम्म नपुग्नु दुःखद भएको उल्लेख गरेका छन् ।

अध्यक्ष राणाले अहिलेको प्राथमिकता अस्पताललाई चाहिने औषधि, भेन्टीलेटरजस्ता उपकरणका साथै अग्रपंक्तिमा कार्यरत नर्स, डाक्टरलगायतका  स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामाग्री हुन् । यस्ता अत्यावश्यक सामाग्री कुन निकायले ल्याउने भनेर लडाई गर्नुभन्दा पनि गुणस्तरीय सामाग्रीहरु तुरुन्त झिकाउन सरकारलाई आग्रह गरेका छन् ।

सीमा पारबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्वारेन्टाइनका साथै खाने, बस्ने उचित प्रबन्ध तत्काल मिलाई त्यस्ता शिविरको पहरा प्रहरीद्वारा गराई क्वारेन्टाइन अवधिपछि घर फर्कने व्यवस्था सुनिश्चित गर्न र नागरिकप्रतिको दायित्वबाट सरकार पन्छिन नमिल्ने राणाले उल्लेख गरेका छन् ।

नेपाली भएका विदेशी मुलुकमा समस्या आइपरे कसरी हल गर्ने भनेर सरकारले तत्कालै आपतकालीन योजना बनाउनु पर्नेमा जोडदिदै, अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई घर फर्कन भनेपछि शिक्षा मन्त्रालयललाई नेपाली विद्यार्थीको बारेमा संयोजन गर्न सुझाएका छन् ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260