निर्वाचन आयोगले महन्त ठाकुरसँग माग्यो आधिकारिक हस्ताक्षर – Chautari Khabar

निर्वाचन आयोगले महन्त ठाकुरसँग माग्यो आधिकारिक हस्ताक्षर

काठमाडौँ / निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निणर्यको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएको तर केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको निणर्यको हस्ताक्षर नबुझाएकाले हस्ताक्षर माग गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

मंगलबार नै अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कणर् र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । यादवले कारबाहीको निणर्य गर्दा केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित बुझाएकाले उनीसँग हस्ताक्षर माग गरिएको छैन ।

आयोगले दुवै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको छ ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260