मुख्य सामग्रीमा जानुहोस्

जलबायु परिबर्तन को मुद्धा सबैको शाझा मुद्धा हो परराष्ट्रमन्त्री खनाल

२०८३-०७-२६ / चौतारी खबर

जलबायु परिबर्तन को  मुद्धा सबैको शाझा मुद्धा हो परराष्ट्रमन्त्री खनाल

अन्ताल्या टर्की कार्तीक २६ परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्। टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ का अवसरमा उनले सो धारणा राखेको हो । परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राखेका थिए ।

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।