मुख्य सामग्रीमा जानुहोस्

मधेशका मुख्य मन्त्री द्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

२०८३-०८-०६ / चौतारी खबर

मधेशका मुख्य मन्त्री द्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

धनुषा मंसीर ६

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख डा सुरेन्द्र लाभले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो । जनता समाजवादी पार्टी जसपा नेपालका संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख लाभले संविधानको धारा १६८ ,३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैशियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री यादवको नियुक्तिसँगै मधेश प्रदेशमा पुनः जसपा नेपालको नेतृत्वमा प्रदेश सरकार गठन भएको छ ।

शपथ ग्रहण लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले सबै दललाई संगै लिएर सहमतिको सरकार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशको काममा सुस्तता आएकाले त्यसमा तीव्रता दिनुका साथै भ्रष्टाचार नियन्त्रणकालागि कठोर कदम चाल्ने प्रतीबद्धता बयक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेशका विभिन्न राजनीतिक दलका नेता, प्रदेशसभा सदस्य, उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।