मुख्य सामग्रीमा जानुहोस्

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकर संग भेट

२०८३-०८-०६ / चौतारी खबर

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय  विदेशमन्त्री जयशंकर संग भेट

भारत नया दिल्ली मंसीर ६

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र बालेन शाह र भारतीय विदेशमन्त्री डा, एस जयशंकरबीच आइतबार साँझ करिब २५ मिनेट भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर साँझ करिब ६ बजे पुगेका थिए।

द्विपक्षीय सहकार्यमा छलफलस् परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षहरू विशेषगरी कनेक्टिभिटी सम्पर्क सञ्जाल व्यापार तथा पारवहन, ऊर्जा, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार विमर्श भएको छ।भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत राई र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डे तथा भारतका तर्फबाट विदेश सचिव विक्रम मिस्रीलगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।

भेटलगत्तै सामाजिक सञ्जाल एक्सु मार्फत प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहलाई दिल्लीमा भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। उनले भारतले नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिने बताउँदै सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षामा रहेको बताएका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दिउँसो ३४ सदस्यीय औपचारिक प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा, स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र मुख्य सल्लाहकार कुमार व्यञ्जनकारलगायत सहभागी छन्।आइतबार साँझ विदेशमन्त्री जयशंकरसँगको भेटपछि प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।सोमबार भोलि स् राष्ट्रपति भवनमा बिहान १० बजे प्रधानमन्त्री शाहको औपचारिक स्वागत गार्ड अफ अनर गरिनेछ। त्यसपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर तथा परियोजना उद्घाटनको कार्यक्रम रहेको छ। साथै, उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।