मुख्य सामग्रीमा जानुहोस्

रामनगर सामुदायीक बनका कारण करोडौ लगानी जोखीममा ।

२०८३-०८-१० / चौतारी खबर

रामनगर सामुदायीक बनका कारण करोडौ लगानी जोखीममा ।

बुटवल, मंसीर १०

बुटवल सेनेटरी प्राली र रामनगर सामुदायीक बन उपभोक्ता समुह बिच २०७८।८।२७ मा भएको सम्झौता अनुसार मासीक ५० हजारका दरले रकम उपलब्ध गराउदै आएतापनी पछीललो समय नबीकरण नगर्ने दुख दिने काम गरेको बुटवल सेनेटरीका सञ्चालक यम बहादुर थापा सहीतका सञ्चालकहरुको भनाई छ । रूपन्देहीको बुटवलस्थित बुटवल सेनेटरी प्रा लि र रामनगर सामुदायिक वन उपभोक्ता समूहबीच जग्गा तथा संरचना उपयोगको विषयलाई लिएर विवाद चर्किएको छ । वि सं २०७८ सालमा भएको आपसी सम्झौता अनुसार सेनेटरी प्रा।लि।ले सामुदायिक वनलाई मासिक ५० हजार रुपैयाँ बुझाउँदै आएको भए तापनि हाल सामुदायिक वन पक्षले ३ दिनभित्र उक्त स्थान खाली गर्न अल्टिमेटम दिएपछि समस्या उत्पन्न भएको हो ।

स्रोतका अनुसार २०७८ सालमा दुई पक्षबीच भएको सहमति बमोजिम बुटवल सेनेटरी प्रा.लि.ले सामुदायिक वन क्षेत्रको निश्चित भाग प्रयोग गर्दै आएको थियो । सोही सम्झौता अनुरूप प्रा.लि.ले नियमित रूपमा मासिक ५० हजार रुपैयाँ शुल्क समेत तिर्दै आएको जनाएको छ । तर, पछिल्लो समय सामुदायिक वन उपभोक्ता समूहले पूर्वसहमति विपरीत अचानक तीन दिनको समयसीमा तोकेर संरचना हटाउन तथा स्थान खाली गर्न पत्राचार एवं दबाब दिएपछि विवाद सतहमा आएको हो ।नबीकरणको सन्दर्भमा पनी पटक पटक ताकेता गर्दा पनी नगरेको सञ्चालकको गुनासो छ ।

बुटवल सेनेटरी प्रा।लि।को पक्ष विगत लामो समयदेखि नियमसंगत रूपमा सम्झौता गरी मासिक ५० हजार रुपैयाँ भाडारशुल्क बुझाउँदै आएको अवस्थामा एक्कासि ३ दिनभित्र खाली गर्न भन्नु अव्यावहारिक र सम्झौता विपरीत रहेको प्रा।लि।को गुनासो छ । यति छोटो समयमा व्यावसायिक संरचना र सामग्री सार्न सम्भव नहुने भन्दै कम्पनीले सम्झौताको पालना हुनुपर्ने माग राखेको छ । सम्झौतामा सेनेटरीले उत्पादन गरेको मल सन्तोषजनक भएका समझौता थप गरीने लेखीएको भएतापनी सम्झैता थप नगर्नुले लगानी डुब्ने खतरा बढेको छ । यस सम्बन्धमा डिभीजन बन कार्यालय रुपन्देहीका प्रमुख प्रबिन बिडारीले बन ऐन बिपरीत भएका काम भए हटाउने बताउदै सम्बन्धीत डिभीजन बन कार्यालयलाई पत्राचार गरीएको र अनसन्धान भईरहेको बताएका छन्।

हाईटेन्सन लाईन भएका कारण बिधुत प्राधीकरण को बिषय अर्कोतर्फ बन अनुसन्धान बिभाग अन्तर्गत क्षेत्र भएकाले रामनगर सामुदायीक बनले गरेको सम्झौता के कसरी गरेको भन्ने बिषय पनी सत्य तथ्य बुझ्ने बिडारीले बताए । रुपन्देही घना बस्ती हुदै गएकोले फोहर बयबस्थापनमा समस्या हुदै आएको छ । अधिक सेनेटरीले खुला ठाउमै फोहर फालेको भएतापनी बुटवल सेनेटरीले ब्यबस्थीत ढंगबाट कम्पोष्ट मल बनाएर फोहरलाई मोहरमा परीणत गर्ने कुचीकारको काम गरेको छ । फोहर ब्यबस्थापन संगै नियमीत रुपमा १३ जनाले रोजगारी पाएका छन भने सिजनल कामका बेलमा धेरैलाई रोजगारी प्रदान गर्दे आएको छ ।यसको सहजताका लागी स्थानीय पालीकाहरु भने मौन बसेको सेनेटरीका सञ्चालकहरु बताउछन् । नेपालमा एकीकृत कानुन नहुंदा बिभीन्न कामहरु गर्न समस्या पैदा हुदै आएको छ ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।