बुटवल रुपन्देही, मंसीर १०
रूपन्देहीको शैक्षिक केन्द्र बुटवलमा अवस्थित बुटवल कालिका क्याम्पस गुणस्तरीय र व्यवहारिक उच्च शिक्षाका लागि विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको छ। न्यूनतम शुल्कमा उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै आएको यस क्याम्पसले सामुदायिक शैक्षिक संस्थाको गरिमा उँचो बनाएको छ।
बुटवलको कालिका सामुदायिक क्याम्पसमा मंसिर १६ देखि वार्षिक कार्यक्रम, सहीत रणअम्बीकाशाह आखा अस्पतालको सहकार्यमा मंसीर २३ गते निःशुल्क आँखा शिविर रक्तादान दन्त शिबीर समेत हुने सहायक कयाम्पस प्रमुख महेश पाण्डेले बताए ।
रूपन्देहीको बुटवलस्थित कालिका सामुदायिक क्याम्पसले यही मंसिर १६ गतेदेखि १३ औ बार्षीकोत्सबको अबशरमा विविध वार्षिक कार्यक्रम आयोजना गर्ने भएको छ। शैक्षिक तथा अतिरिक्त क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै क्याम्पसले यसपटक वार्षिक कार्यक्रमअन्तर्गत आँखा शिविरसमेत सञ्चालन गर्न लागेको हो।क्याम्पसको स्थापना दिवस वा वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, अनुशासन र नेतृत्व क्षमता विकासमा टेवा पुर्याउँदै आएको छ। यस शैक्षीक संस्थाले गरीब जेहेन्दार बिधार्थीलाई बिषेश प्राथमीकता दिएको छ ।
ब्याचलर लेबलमा ४२०० बिधार्थीले हाल अध्ययन गरीरहेका छन् ।हाल यस कलेजमा बिबिएस,बिसीए,बिएड,बिए,बिएएसडब्लु,र एमए अध्ययन अध्यापन हुने गर्दछ । भने निकट भबीस्यमा एमबीएस र बिएससी सिएसआईटी अध्यापन गराउने तयारी छ ।यसै क्रममा सञ्चालन गरिने आँखा शिविरले विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका नागरिकहरूलाई आँखा स्वास्थ्यसम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको क्याम्पस प्रमुख घनस्याम पाठक बताउछन् । वार्षिक उत्सवका विभिन्न अतिरीक्त गतिविधि मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको अध्यक्ष होम बहादुर गलामी बताउछन् ।










