सूचना प्रविधि विधेयक : उपसमितिले कहाँकहाँ चलायो कैची ? – Chautari Khabar

सूचना प्रविधि विधेयक : उपसमितिले कहाँकहाँ चलायो कैची ?

२९ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन बहुमतसहित पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस सांसद बहादुरसिंह लामा भने असहमति राखेका छन् ।
उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् । ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं । उहाँले बैठक राखेपछि पूर्ण समितिमा पेश गर्छौं,’ उनले भनिन् ।
उपसमितिले कतिपय ठाउँमा भाषिक सुधार गरेको छ । तर, कसुर तथा सजाय खण्डमा भने कैची चलाएको छ ।
कुनै विद्युतीय प्रणालीमा रहेको सूचना अनाधिकृत रुपमा प्रयोग गर्ने, परिर्वतन गर्ने, मेटाउने वा निष्क्रिय  पार्ने उद्देश्यले कुनै दुराशयुक्त प्रोग्राम संप्रेणण गरे ५ लाखसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय हुने विधेयकमा उल्लेख छ । उपसमितिले यसमा संशोधन गरेर तीन वर्षसम्म भन्ने बनाएको छ ।
यो पनि पढ्नुहोस
सामाजिक सञ्जाल प्रयोगमा कडाइ, साइबर बुलिङ दण्डनीय
प्रतिवेदनमा साइबर बुलिङ -विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहीत गर्ने, अपमान गर्ने वा हप्काउने) दण्डनीय बनाएको छ । सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने, घृणा, द्वेष वा अपहेनामा उत्पन्न हुने काम कारबाही गर्न नहुने उल्लेख छ । यसो गरेमा कसुरदारलाई १५ लाखसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने विधेयकको व्यवस्थालाई उपसमितिले कामय राखेको छ ।
कांग्रेस सांसदको फरक मत
सामाजिक सञ्जालमा अंकुस लगाउने केही प्रावधान राखेको भन्दै सांसद लामाले भने फरकमत राखेका छन् । ‘मैले आफ्नो फरक मत राखेको छु । बुलिङ, समाजिक सञ्जालमा शेयर गरेकै आधारमा कडा दण्डसजाय गर्ने दफाहरुमा मैले आफ्नो सअहमति राखेको छु’ सांसद लामाले अनलाइनखबरँसग भने ।

सम्बन्धित खवर