नेकपा सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबिसिक्यो : डा. भट्टराई – Chautari Khabar

नेकपा सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबिसिक्यो : डा. भट्टराई

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठ वटा घटक संगठनहरुको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले नेकपा सत्ताको दुरुपयोग गर्दै जसरी पनि चुनाव जित्ने दाउमा भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको आरोप लगाए ।

‘पैसा खर्च गरेर जसरी पनि चुनाव जित्ने अनि फेरीपनि सत्ताको दुरुपयोग गर्ने ध्येयका साथ भ्रष्टचारीहरुको मिलेमतोमा लागिरहनु भएको छ’ भट्टराईले भने, ‘यसका लागि बौद्धिक वर्ग सचेत भएर जनस्तरमा यसको भण्डाफोर गर्न जरुरी छ ।’

भट्टराईले समाजवादी पार्टीको बौद्धिक संगठनहरुले आत्मसमिक्षा गरि गुणात्मक रुपमा विश्वमा अरुभन्दा फरक रुपमा आफूलाई स्थापित गरेर देखाउन सुझावदिए । समाजवादी पार्टीमा रहेका सबैखाले नेताको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गरेर परिवर्तन गर्नका लागि अभियानमा लागेको बताउँदै भट्टराईले यो अभियानलाई विशेष रुपमा अगाडि बढाउन बौद्धिक पेशकर्मीहरुलाई अपिल समेत गरे ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260