किताबमा कर लगाउने सरकारी निर्णय विरुद्ध प्रदर्शन – Chautari Khabar

किताबमा कर लगाउने सरकारी निर्णय विरुद्ध प्रदर्शन

दमक / किताबमा १० प्रतिशत कर लगाउने सरकारी निर्णय विरुद्ध दमकमा आइतबारबाट प्रदर्शन सुरु भएको छ ।

दमकका युवा अगुवाहरुले किताबमा सरकारले १० प्रतिशत कर लगाउने सरकारी निर्णय फिर्ता लिन माग गर्दै यस्तो प्रदर्शन सुरु गरेका हुन । दमक चोकमा आइतबार अपराह्न्न ३ बजेबाट ५ बजेसम्म पुस्तक पढेर र प्ले कार्ड बोकेर प्रदर्शन गरिएको अगुवा कमन देवानले जानकारी दिए । किताबमा १० प्रतिशत कर लगाउने सरकारी निर्णय भएसँगै नेपाली पाठ्यक्रममै समावेश भएका कतिपय पुस्तकहरु अभाव हुन थालेको देवानले दावी गरे । उनले भने “आम नागरिकको चेतना वृद्धिमा पुस्तक अनिवार्य हुन्छ । लोकतन्त्रमा सरकार आफैले किताबमा कर लगाएर नागरिकको चेतना समाप्त पार्न खोज्नुलाई गम्भीर रूपमा लिनुपर्दछ ।”

किताबलाई करमुक्त बनाउन माग गर्दै थालिएको प्रदर्शनमा आइतबार ३५ जना भन्दा बढी प्रदर्शनकारी सहभागी रहेको सिजन दाहालले बताए । नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हक अन्तर्गत संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक सुनिश्चित गर्दै माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरेको छ । किताबमा कर लगाउने पछिलो सरकारी निर्णय सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालयले पनि सरकारलाई सो निर्णय फिर्ता लिन आग्रह गर्दै विज्ञप्ति जारी गरिसकेको छ । राजधानी काठमाण्डौ सहित देशका विभिन्न स्थानहरुमा सरकारको सो निर्णय विरुद्ध प्रदर्शन सुरु भएका छन् ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260