चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डे – Chautari Khabar

चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डे

सोमबार बसेको संसदीय समितिको बैठकले महेन्द्रबहादुर पाण्डेलाई चीनको राजदूतका निम्ति अनुमोदन गरेको छ ।
सोमबार समिति बैठकमा उनको नाम सर्वसम्मत सिफारिस भएको थियो । उक्त कुरा संसदीय समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले गत फागुन १८ गतेको निर्णयबाट चीनका लागि आवासीय र उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतका रूपमा पाण्डेको नाम प्रस्ताव गरी समितिमा पठाएको थियो ।

संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन सूचना जारी गरेर १० दिनको समय दिएकोमा उनी विरुद्ध समितिमा कुनै पनि उजुरी नपरेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

अब संवैधानिक प्रावधान अनुसार पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् ।

सम्बन्धित खवर