भोलि देखी देशभर लक डाउन – Chautari Khabar

भोलि देखी देशभर लक डाउन

काठमाण्डौं / सरकारले भोली बिहान ६ बजेबाट देशभर लक डाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म देशभरका सबैले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी यो आदेश जारी गरेको हो ।
यस अवधीमा सार्वजनिक तथा निजी सबै खालका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरीने छ । साथै नागरिकहरुलाई घर बाहिर समेत ननिस्कन आग्रह गरेको छ ।

यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, विद्युत, दूरसञ्चार, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यकबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।

निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिने सरकारले आदेश जारी गरेको छ भने यो आदेश औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगको हकमा भने लागू हुने छैन ।

यस आदेशको कार्यान्वयनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशसन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिने सरकारले निर्णय गरेको छ ।

नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ र संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260