चितवनको भरतपुरमा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टि – Chautari Khabar

चितवनको भरतपुरमा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टि

काठमाण्डौं / चितवनको भरतपुरमा स्थापित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टि भएको छ ।

युवकको मृत्युको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको टेकु प्रयोगशाला श्रोतले जनाएको छ ।

मंगलबार बिहान ९ः३० बजे वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको उपचार गर्दागर्दै मृत्यु भएको थियो ।  उनको मृत्युपछि अस्पतालले कोरोना संक्रमण हो वा होइन जान्नका लागि उनको स्वाब टेकुस्थित प्रयोगशाला पठाएको थियो भने शव आइसोलेसनमा राखेको थियो ।

सम्बन्धित खवर