कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिए – Chautari Khabar

कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिए

काठमाडौं / कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको र उनी उपचारपछि निको भइसकेका छन् ।

बुधबार तेस्रो संक्रमित भेटिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पुष्टि गरे । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित खवर