कोरोना भाइरसका कारण प्रतिनिधि सभाको बैठक स्थगित – Chautari Khabar

Corona Update

कोरोना भाइरसका कारण प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं / कोरोना भाइरस कोभिड १९ का कारण १३ चैत्रका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी चैत २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते आइतवार दिउसो १ वजे बस्ने समय निर्धारण गरिएको छ ।

कोरोना भइरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाको आवत जावतमा रोक लगाएका कारण भोलीको बैठक स्थगित गरिएको सूचनामा बताइएको छ ।

सम्बन्धित खवर