सभापति देउवाद्वारा विशेष राहत प्याकेज घोषणा गर्न आग्रह – Chautari Khabar

Corona Update

सभापति देउवाद्वारा विशेष राहत प्याकेज घोषणा गर्न आग्रह

काठमाडौँ  / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको छ ।

 

उहाँले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आज अनुरोध गर्नुभएको हो । सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गर्नुभएको छ ।

 

सम्बन्धित खवर