नेपालमा छैठौं व्यक्तिमा कोरोना संक्रमण – Chautari Khabar

नेपालमा छैठौं व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं / नेपालमा छैठौं व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा दोहा हुँदै काठमाडौ आएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्म कूल ११ सय ४५ भन्दा धेरै परीक्षण भएका छन् भने उपत्यकामा १६ जना आइसोलसनमा तथा उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित खवर