कोरोना भाइरसको संक्रमण थप तीन जनामा – Chautari Khabar

कोरोना भाइरसको संक्रमण थप तीन जनामा

 

काठमाडौं  /  नेपालमा एक स्थानिय सहित कोरोना भाइरस को संक्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया स्थानिय महिलामा कोरोना संक्रमण देखिएको छ । नेपालमा अब कोरोनो सङ्क्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उक्त जानकारी दिएका हुन ।

यसअघि विदेशबाट आएकालाई मात्रै कोरोना संक्रमण देखिए पनि पहिलो पटक नेपालभित्र कै स्थानिय व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । उक्त सङ्क्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए । तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अन्य संक्रमितको पनि आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर