विदेशी नागरिक चार्टर्ड उडानमार्फत स्वदेश फिर्ता – Chautari Khabar

विदेशी नागरिक चार्टर्ड उडानमार्फत स्वदेश फिर्ता

काठमाडौँ / लकडाउनका कारण नेपालमा रोकिएका रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन सम्बन्धित मुलुकको दूतावास मार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले चार्टर्ड उडानमार्फत लैजाने भएका छन् ।

आज त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलबाट चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुवै जहाज काठमाडौँ आइसकेका छन् । त्यस्तै मलेशियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थल स्रोतले बताएको छ ।

पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भएका छन् । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार ५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।

यसैगरि विदेशी नागरिक सम्बन्धित मुलुकको दूतावास मार्फत जहाज चार्टर्ड गरि स्वदेश फर्किन पाएका छन् भने नेपाली नागरिक भारतीय सिमा नाकामा आइपुग्दा समेत नेपाल आउन पाएका छैनन् ।

सम्बन्धित खवर