नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै – Chautari Khabar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे सचिवालयको बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुनेछ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिपछि यतिबेला नेकपाभित्र असन्तुष्टि छ । कोरोना उपचार तथा रोकथाममा कमीकमजोरी भएका समाचार प्रकाशमा आएपछि नेकपा नेताहरुले सचिवालय बैठक आह्वानका लागि आग्रह गर्दै आएका थिए ।
बन्दाबन्दी (लकडाउन)पछि पहिलो पटक नेकपा सचिवालयको बैठक बस्न लागेको हो ।

सम्बन्धित खवर