परिक्षामा उत्तर नलेखी कार्टुन बनाउने उज्ज्वल थापा – Chautari Khabar

परिक्षामा उत्तर नलेखी कार्टुन बनाउने उज्ज्वल थापा

उज्ज्वल थापाको जन्म स्याङ्जाको एक सामान्य परिवारमा परिवारमा भएको थियो। उनी काठमाण्डौको बूढानीलकण्ठ स्कुलमा कक्षा ४ मा स्कोलरशिपमा भर्ना भएका थिए ।बेलायतमा ए लेभल पढ्दै गर्दा उनले अनौठो कृयाकलाप गरेका थिए। सानैदेखि फरक काम गर्न रुचाउने उनले बेलायतबाट लिइएको ए लेभलको अंग्रेजी साहित्यको परीक्षामा अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए ।

शिक्षक एवं साथीहरूले उनको कामलाई पागल भन्ने गर्थे। तर पागल भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षाबोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अंकमा पास गरेर पठाएको थियो।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका थापाले नेपालमा वैकल्पिक राजनितीको विजारोपण गरेका थिए । पछिल्लो समय कोरोना संक्रमित  भएपछि उनी ललितपुरस्थित नेपाल मेडिसिटीमा उपचाररत थिए । उपचारकै क्रममा उनको मंगलबार दिउँसो ४:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

कोरोना र निमोनिया देखिएपछि उनी करिब तीन साताअघि राजधानीकाे ह्याम्स अस्पताल भर्ना भएका थिए  । स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई ह्याम्सबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो ।

आईटी उद्यमी, सामाजिक अभियान्ता हुँदै विवेशकील नेपाली दलको नामबाट उनले राजनीति थालेका थिए ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260