भक्तपुर अस्पतालको किट खरिद प्रकरण – Chautari Khabar

भक्तपुर अस्पतालको किट खरिद प्रकरण

म्याद नाघेको भन्दै किट भक्तपुर अस्पतालद्वारा फिर्ता, महंगोमा किट खरिद
भक्तपुर । कोभिड-१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट स्वास्थ्य कार्यालय भक्तपुरले निःशुल्क उपलब्ध गराएपनि त्यसलाई भक्तपुर अस्पतालद्वारा फिर्ता गरिएको थाहा भएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको बताईएको छ । कोरोना बिरामीको आकस्मिक उपचार गर्दै आएको सरकारी ‘भक्तपुर अस्पताललाई सरकारले उपलब्ध गराउनुपर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयले समयमै दिएपनि अस्पतालले म्याद सकिन लागेको भन्दै फिर्ता पठाई निजी ब्यापारीसंग विना प्रतिस्पर्धा प्रति किट रु.२०००। ले किनेको बताईएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट दिंदादिंदै म्याद नाघेको भन्दै अस्पतालले बिना प्रतिस्पर्धा निजी कम्पनिसंग किट खरिद गरेर ल्याउनु शंकास्पद देखिन्छ । रु दुई हजार पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग रु एक हजार शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको दावी गरेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले भने निःशुल्क किट उपलब्ध गराउंदै आएपनि अस्पतालले अहिलेसम्म पीसीआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने बताएको छ । त्यसो त अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो पनि छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल भने अस्पताललाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनुपर्ने भए पनि विगतमा पटकपटक माग गर्दा पनि नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको बताईरहेका छन् ।
तर,स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भने कोरोनाको शङ्का लागेको व्यक्तिको वडा तहका हेल्थ पोस्टसम्ममा एन्टिजेन परीक्षण निःशुल्क गरिएको बताउँदै निजी तथा सरकारी अस्पतालले पनि एन्टिजेन परीक्षण निःशुल्क गर्नुपर्ने बताउनुहुन्छ । मिजारले भन्नुभयो, “भक्तपुर अस्पताललाई किट पठाएका हौँ, मिति सकिन लागेको भनेर फिर्ता पठायो, त्यो मिति रहेसम्म त कार्यालयले पठाएको किटको प्रयोग गरेको भए पनि त हुन्थ्यो ।” अस्पतालले माग गरेर पठाए आवश्यक सामग्री पठाउने उहाँको भनाइ छ । अस्पतालले कोरोना भाइरसका लक्षण देखिएका बिरामीको निःशुल्क र लक्षण नदेखिएका तथा विदेश जाने वा अन्य निजी प्रयोजनका लागि पीसीआर तथा एन्टिजेन परीक्षणमा आउने व्यक्तिहरुसँग भने सरकारले नै निर्धारण गरेको शुल्क लिने गरेको बताईन्छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले निःशुल्क पठाईएको एन्टिजेन किट भक्तपुर अस्पतालले किन प्रयोग नगरी फिर्ता पठाईयो त यो विषयमा सम्बन्धित निकायबाट छानविन हुनुपर्ने आवाज सर्वत्रबाट उठिरहेको छ । कैलाश राई

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260