राप्रपा संयुक्तले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती मनायो – Chautari Khabar

राप्रपा संयुक्तले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती मनायो

 

काठमाडौ । राप्रपा संयुक्तले २९८औं  पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस पार्टीका अध्यक्ष द्वय पशुपतिशमशेर जबरा,डा प्रकाशचन्द्र लोहनी लगायतका केन्द्रीय नेताहरु तथा कार्यकर्ताहरूले सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै मनाएका छन् ।

राप्रपा संयुक्तले भद्रकालीबाट बाजागाजा सहितको जलुस गर्दै पृथ्वीनारायण शाह को सालिकमा पुगी माल्यार्पण गरेका थिए ।

 

उक्त पार्टीले नेपाल र नेपालीको एकमात्र दुरदर्शी एकताका शुत्रधार पृथ्वीनारायण शाह भएको भन्दै राष्ट्रिय एकताकाे रथ भनेकाे नै `पृथ्वी पथ´ भन्ने मूल मन्त्रका साथ पृथ्वी जयन्ती  तथा राष्ट्रिय एकता दिवसकाे अवसर पारेर आगामी २८ गते सम्म विभिन्न कार्यक्रम गर्ने भएकाे छ ।

यही २४ गते विचार गाेष्ठीकाे आयाेजना गरेको थियो भने आज २७ गते बिहान  ११ बजे भद्रकालीमा भेला भई र्‍याली सहित पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको थियो ।
यसैगरी पुस २८ गते  बिहान ११ बजे देखि पृथ्वी जयन्ती कै अवसरमा पार्टी मुख्यालय चाबहिलकाे प्राङ्गणमा युवा संगठनले रक्तदान कार्यक्रम सञ्चालन गर्ने  उक्त पार्टी सचिवालयका केशव श्रेष्ठले जानकारी दिए ।

One thought on “राप्रपा संयुक्तले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती मनायो

Comments are closed.

सम्बन्धित खवर