बिडारी राजिनामा दिँदै, खतिवडा र गौतम दुवै राष्ट्रिय सभामा ! – Chautari Khabar

बिडारी राजिनामा दिँदै, खतिवडा र गौतम दुवै राष्ट्रिय सभामा !

नेकपाले विवाद मिलाउन नेकपा नेता तथा राष्ट्रपतिबाट मनोनित  राष्ट्रिय सभा सांसद रामनारायण विडारीलाई राजिनामा गराउने संकेत दिएको छ। दुवै अध्यक्ष आफ्नो अडानमा टसमस नभएपछि विडारीको विकल्पमा छलफल भैरहेको एक नेकपा नेताले बताए। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभामा ५९ सदस्यीय रहन्छन्। जसमध्ये ५६ जना चुनावमार्फत र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्।

अहिले सरकारको सिफारिसमा राष्ट्रपतिबाट  मनोनित भएका तीनमध्ये रामनारायण विडारी र डा.विमला पौडेल रहेका छन्। यि दुई मध्ये एकलाई राजीनामा गराएर त्यो ठाउँमा खतिवडालाई पठाउन सकिन्छ। तर डा. पाैडेल महिला काेटाबाट मनाेनित भएकाले राजीनामा गराउनुकाे अर्थ रहने छैन।
त्यसपछि पूर्वमाओवादीको सिफारिसमा सांसद भएका विडारीलाई फिर्ता गराउने निर्णय गर्न ओलीले सक्नेछन्। त्यसका लागि उनले प्रचण्डलाई मनाउनु पर्नेछ। त्यसमा प्रचण्ड राजी हाेलान् या नहोलान त्यो भने हेर्न बाँकी छ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260