प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगन थापाको खुला पत्र – Chautari Khabar

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगन थापाको खुला पत्र

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगन थापाले खुला पत्र लेख्दै कोरोना भाइरस (कोभिड (१९)को परीक्षण दायरा बढाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर उक्त पत्र ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

उनले यो संकटमा जुध्न सरकारले जे गरिरहेको छ, त्यो प्रयाप्त नभएकोले पत्र मार्फत ध्यानाकर्षण गराएको पत्रमा बताएका छन् ।

उनले हालको एक साताको लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने भन्दै धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यो पनि पर्याप्त नहुने भन्दै उनले भनेका छन्, ‘कम्तिमा हरेक प्रदेशमा तत्काल परीक्षण सुरु गर्नुपर्छ ।’

प्रयोगशालाका अधिकारीहरुले काठमाडौं बाहिर दर्जनौं ठाउँमा थोरै दिनमा परीक्षण सुरु गर्न सकिन्छ भनिरहेको भदै उनले त्यसलाई सुन्न र मापदण्ड पुगेका निजी प्रयोगशालाहरुमा पनि परीक्षण सुरु गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्रीज्यू एनपीएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्याबहरुसँग सहकार्य र नयाँ प्रविधिबाट काठमाडौं बाहिर दर्जनौं ठाउँमा कोभिड १९ टेस्टिङ र्गयौं भने हजारौं परीक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं ।’

परीक्षणमा गुणस्तर कायम गर्न आवश्यक प्रोटोकल बनाउन सकिने भन्दै उनले भने अस्पतालमा आएका मात्र होइन, कोरोना फैलिएका देशबाट आएका र ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परीक्षणको दायरामा समेटौं ।’

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260