सीमा क्षेत्रमा अलपत्र नागरिकहरूलाई नेपाल प्रवेश गराउ : राप्रपा-अध्यक्ष पशुपतिशमशेर राणा – Chautari Khabar

सीमा क्षेत्रमा अलपत्र नागरिकहरूलाई नेपाल प्रवेश गराउ : राप्रपा-अध्यक्ष पशुपतिशमशेर राणा

 

काठमाडौं /  राष्ट्रिय प्रजातन्त्र पार्टी  का अध्यक्ष पशुपतिशमशेर राणाले क्वारेन्टयन लगायत स्वास्थ्यसम्बन्धी सम्पूर्ण प्रोटोकल पूरा गरेर सीमा क्षेत्रमा अलपत्र नागरिकहरूलाई नेपाल प्रवेश गराउन सरकारलाई आग्रह गरेका छन् ।

यसैगरि उनले ज्यानको जोखिम मोलेर अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि विलम्ब नगरी बिमाको व्यवस्था गर्नुपर्ने समेत बताएका छन् ।

अध्यक्ष राणाले ट्विट गर्दै भनेका छन्, “कोरोना विरुद्ध अंग्रपंत्तिमा कार्यरत  स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सरकारले यथाशीघ्र वीमाको व्यवस्था गर्नुपर्दछ । क्वारेन्टायन लगायत सबै प्रोटोकल पूरागरेर सिमाक्षेत्रमा अलपत्र नागरिकहरुलाइ मातृभुमि प्रबेस गरानु पर्दछ । जनता सहयोग गर्न तत्पर छन् , ढिला गर्न बुध्दिमानी हुने छैन” ।

अहिलेको कोरोना महामारीमा ठूलो जोखिम मोलेर अग्रमोर्चामा कार्यरत डाक्टर, नर्स, सुरक्षाकर्मी, सहयोगी सबैले सुरक्षित महसुस गरे मात्र देश सुरक्षित रहने अवस्था छ । यसै यथार्थलाई मध्यनजर गर्दै अध्यक्ष राणाले चाँडोभन्दा चाँडो वीमाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित खवर