लकडाउन बैशाख ३ गते सम्म – Chautari Khabar

लकडाउन बैशाख ३ गते सम्म

काठमाडौं / सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरे बमोजिम सरकारले दोस्रो पटक लकडाउन ८ दिन थप गरेको हो ।

काठमाडौंमा कोरोना भाइरस (कोभिड(१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

यस अघि त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपेको थियो । पहिलो पटक थपिएको यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा समेत भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा अवतजावतमा थप कडाइ गरेको थियो ।

सम्बन्धित खवर