प्रतिनिधिसभा विघटन विरुद्धका सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने – Chautari Khabar

प्रतिनिधिसभा विघटन विरुद्धका सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने

काठमाडौ /  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा सुरु भएको १९ रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ ।

सो आदेशसँगै उक्त विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रवार हुनेछ ।

निवर्तमान प्रतिनिधिसभाका सदस्य १ सय ४६ सहितका २६ रिट निवेदक संसद् पुनः स्थापना गर्नुपर्ने पक्षमा छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १ सय ४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनः स्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभा पुनः स्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली काँग्रेसका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरी निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् भने बाँकी रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनः स्थापनाको माग गरिएको छ ।

प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेस गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति र निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी दिइएको रिट निवेदनमा नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएकाले पुनः प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिलेन भन्ने राष्ट्रपतिको यही जेठ ७ गतेको निणर्य राजनीतिक दल सम्बन्धी ऐन, २०७३ विपरीत भएको उल्लेख छ ।
रिट निवेदनमा उक्त ऐनमा भएको व्यवस्था विपरीत प्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्न नसक्ने भनी निणर्य गर्नु संविधानको मर्म र भावना विपरीत पनि भएको उल्लेख गर्दै सो निणर्य बदर गरी नेकपा(एमाले) संसदीय दलका नेता ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निणर्य बदर गरी असंवैधानिक र गैर कानुनी घोषित गर्ने माग ती निवेदनमा गरिएको छ । रासस

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260