जसपा विवाद निर्वाचन आयोगमा – Chautari Khabar

जसपा विवाद निर्वाचन आयोगमा

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद निर्वाचन आयोग पुगेको छ। नेकपामा जस्तै विवाद देखिएको जसपाभित्रको दुवै पक्षले एकअर्कालाई कारबाही गरेको घोषणा गर्दै पत्र आयोगमा पेस गरेका हुन। मंगलबार पत्र काट्दै दुवै पक्षले साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरेको घोषणा गरेका छन् ।

जसपामा विवादको सुरुआत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने भन्ने विषयदेखि हुँदै आएको छ। पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएको छ। यादव पक्षले निष्कासनको निर्णय गरेलगत्तै मंगलबारै बसेको जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको छ ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260