उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप – Chautari Khabar

उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप

काठमाडौँ / काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।

काठमाडौँ उपत्यकामा नयाँ भेरियन्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निणर्य, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी  मिति २०७८/०२/२१ गतेबाट २०७८/०२/३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निणर्य गरिएको हो ।

वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म पुर्‍याइएको छ ।

यसअघि जेठ १४ गतेदेखि जेठ २० गतेसम्म गरिएको निषेधाज्ञा अनुसार किराना पसलहरू समेत बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ः०० बजेसम्म खुला गर्ने निणर्य भएको छ ।

त्यसै गरी अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरू, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ९ः०० बजेसम्म मात्र खुला गर्ने, तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने, स्थानीय ढुवानीका हकमा राति९ः०० बजे देखि बिहान ९ः०० बजे सम्म मात्र गर्ने, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरू, किराना पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कसपहरूले सामग्री किनबेच गर्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने लगायत उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिभर के गर्न पाइन्छ र के गर्न पाइँदैन ? (प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश) :-  

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260