चुरे उत्खनन राष्ट्रघाती : उपेन्द्र यादव – Chautari Khabar

चुरे उत्खनन राष्ट्रघाती : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीतिलाई राष्ट्रघाती भनेका छन् ।

अध्यक्ष यादवले बजेट बक्तव्यमा उल्लेखित चुरे दोहनबाट नवधनाढ्य र व्यवसायीलाई फाइदा पुगे पनि यस नीतिले चुरेको संवेदनशील क्षेत्रमा गम्भीर असर पर्ने र तराई/मधेसमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ -‘व्यापार घाटा गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ । यसले चुरे विनाश गर्ने तराई/मधेसलाई मरुभूमिकरण गर्ने निश्चित नै छ ।’

यादवले विज्ञप्तिमार्फत यस्तो कार्यले नकारात्मक पर्यावरणीय असर पार्ने भन्दै विज्ञप्तिमा भविष्यमा मधेसका भूमिको उर्वरता समाप्त हुने र जनताको जीवन नै संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन् । उनले चुरे संरक्षणका लागि जनताले संघर्ष गर्नुपर्ने भन्दै घुमाउरो शव्दमा सरकारलाई चेतावनी दिएका छन् ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260