काठमाण्डौ मसीर ९
प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको माग गर्दै देशभर पत्रकारहरूको आन्दोलन चर्कीयो । पत्रकार पक्राउ तथा धरपकडका बिरुद्ध पत्रकारहरु देशब्यापी रुपमा आन्दोलनमान उत्रीएका हुन । संवैधानिक प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र सञ्चारमाध्यममा भइरहेको सेन्सरसिप तथा दबाबको विरोध गर्दै आज देशभरका पत्रकारहरू आन्दोलित भएका छन्। सो अबशरमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चार माध्यम र पत्रकार प्रती गरेको ब्यबहारले पत्रकारहरु चुप लागेर नबस्ने बताईन ।सरकारको ब्यबहार नसच्चीए देशभरबाट आगामी आन्दोलन शसक्त हुने उनको भनाई छ ।
श्रमजीवी पत्रकारको अधिकार वर्षौँदेखि तोकिएको न्यूनतम पारिश्रमिक नपाउने, नियुक्तिपत्र नदिने र समयमै तलब नदिने सञ्चार गृहविरुद्ध कडा कारबाही तथा नियमित पारिश्रमिकको ग्यारेन्टी गर्न पत्रकारहरूले माग गरेका छन्।
प्रेस स्वतन्त्रता र सुरक्षा समाचार संकलन र सम्प्रेषणका क्रममा हुने धम्की, भौतिक आक्रमण र डिजिटल निगरानी बन्द गरी पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्न जोड दिइएको छ।
कानुनी तथा नीतिगत सुधार अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने खालका कानुनी प्रावधान खारेज गर्न र सूचनाको हकलाई व्यवहारमै प्रभावकारी बनाउन प्रदर्शनकारीहरूले दबाब दिएका छन्। प्रदेश र जिल्लास्तरको सहभागिता काठमाडौंको बबरमहल तथा माइतीघर क्षेत्रसँगै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा कालोपट्टी बाँधेर धर्ना र विरोध प्रदर्शन गरिएको छ। आन्दोलन ७७ बटै जिल्ला प्रशासन अगाढी कालो पट्टी र ब्यानर सहीत धर्ना दिएका थिए ।










