मुख्य सामग्रीमा जानुहोस्

नेपाल भारत संयुक्त सुर्यकिरण शैन्य अभ्यास मंसीर ९ देखी रुपन्देहीको शाल्झण्डीमा हुदै

२०८३-०८-०८ / चौतारी खबर

नेपाल भारत संयुक्त सुर्यकिरण शैन्य अभ्यास मंसीर ९ देखी रुपन्देहीको शाल्झण्डीमा हुदै

रुपन्देही, मंसीर ८

नेपाल र भारतबीचको सैनिक सम्बन्ध तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले रुपन्देहीको सालझण्डीमा २०औँ संस्करणको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ आयोजना हुँदैछ। यो अभ्यास २०८३ मंसिर १० गते ९नोभेम्बर २५० देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ।

नेपाली सेनाको सालझण्डीस्थित नेपाल आर्मी ब्याटल स्कुलमा हुने अभ्यासमा नेपाली सेनाको ज्वालादल बटालियन र भारतीय सेनाको १२ कुमाऊँ रेजिमेन्ट सहभागी हुनेछन्। भारतीय सेनाको टोली सालझण्डी आइपुगेको नेपाली सेनाले जनाएको छ।नेपाल र भारतबीच प्रत्येक वर्ष पालैपालो आयोजना हुँदै आएको यो अभ्यास यसपटक नेपालको आतिथ्यतामा हुन लागेको हो।

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सन् २०११ अर्थात् २०६७ सालदेखि सुरु भएको हो। यसको पहिलो संस्करण सन् २०११ मार्च १४ देखि २७ सम्म भारतको मिजोरममा सञ्चालन गरिएको थियो।

त्यसपछि नेपाल र भारतमा पालैपालो अभ्यास हुँदै आएको छ। हालसम्म १९ वटा संस्करण सम्पन्न भइसकेका छन्। यस वर्ष २०औँ संस्करण आयोजना हुन लागेको हो।यसअघि नेपालमा सालझण्डीमा पनि पटक–पटक सूर्यकिरण अभ्यास सञ्चालन भइसकेको छ। सन् २०२४ डिसेम्बर ३१ देखि २०२५ जनवरी १३ सम्म १८औँ संस्करण यहीँ आयोजना गरिएको थियो।नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि,आतंकवादविरुद्धको क्षमता विकास,विपद् व्यवस्थापनमा सहयोग,संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहयोग र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहयोगहुने अपेक्षा गथरीएको छ ।

पहाडी तथा जङ्गली क्षेत्रमा सैन्य अभ्यास,आतंकवादविरुद्ध संयुक्त कारबाहीको तालिम,विपद् उद्धार तथा मानवीय सहायता अभ्यास,सैनिकबीच अनुभव र प्रविधिको आदानप्रदान र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनसँग सम्बन्धित तालिम हुने गर्दछ ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।