काठमाण्डौ । ३१ असोज पत्रकार किशोर श्रेष्ठ रिहा । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र गरेर छुटेका छन् ।श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो। कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए ।ब्यूरोस्रोतका अनुसार दुईजनाबीच तीन घण्टा छलफल भएको छ । छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।तर के बिषयमा सहमती भएको भन्ने खुलाईएको छैन । पत्रकार किशोर श्रेष्ठ समाचारकै कारण बिभीन्न समयमा गिरफ्तारीमा पर्दे आएका छन् । पत्रकार महासंघ तथा बिभीन्न सञ्चार सस्थाहरुले भने सरकारको रबैया ठिक नभएको सञ्जाल मार्फत निन्दा गरेका छन् ।
पत्रकार किशोर श्रेष्ठ रिहा ।
२०८३-०६-३१ / चौतारी खबर








