मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दे

२०८३-०८-०६ / चौतारी खबर

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दे

काठमाडौँ, ६ मंसिर ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेन दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज आइतबार छिमेकी मुलुक भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन्। गत मार्चमा प्रधानमन्त्री पद सम्हालेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च सरकारी अधिकारी सम्मिलित ३४ सदस्यीय प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ। यसका साथै ५२ सदस्यीय निजी क्षेत्रको व्यावसायिक प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी छ।

आज मंसिर ६ गते नयाँदिल्ली पुगेपछि साँझ भारतीय विदेशमन्त्री डा एस। जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।भोलि मंसिर ७ गते प्रधानमन्त्री शाहले बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। भ्रमणका क्रममा उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुका साथै नेपाल–भारत बिजनेस फोरमलाई समेत सम्बोधन गर्नेछन्।

यस भ्रमणलाई दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा देहायका विषयमा सम्झौता तथा समझदारी हुने तयारी गरीएको छ।

गत अगस्टमा नेपालमा गएको हिमताल विस्फोटसहितको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विकास परियोजनाका लागि भारतले करिब २ अर्ब अमेरिकी डलर बराबरको महत्वपूर्ण आर्थिक प्याकेज घोषणा गर्ने तयारी गरेको छ।

ऊर्जा र कनेक्टिभिटी द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले ऊर्जा तथा अन्तरदेशीय कनेक्टिभिटीसम्बन्धी विभिन्न परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। नेपालबाट भारततर्फ विद्युत् निर्यात विस्तार र हवाई रुट खुलाउने विषयमा समेत ठोस छलफल हुनेछ।

व्यापार, प्रविधि र सहकार्य व्यापारमा देखिएका अवरोध हटाउने, कृषि, स्वास्थ्य, शिक्षा, डिजिटल कनेक्टिभिटी तथा स्टार्टअप र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ।वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् भने प्रधानमन्त्री मोदीले नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। प्रधानमन्त्री शाह भोलि मंसिर ७ गते साँझ स्वदेश फर्कने कार्यक्रम तय गरीएको छ।यो भेटलाई मुलुकको आर्थीक बिकाश र अर्को तर्फ नेपालको स्वाभीमान र रणनीतीक हिसाबमा कस्तो खालको सम्झौता हुदैछ भनेर राजनैतीक बृत्तमा चासो बढेको छ । बिष्लेषकहरुले सबै मुकलुकसंग सहकार्य र सहअस्तित्व संग जोडेर हेरेका छन् ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।