रुपन्देही, मंसीर ९
सेवा नै धर्म हो भन्ने मुल नारा बोकेर स्थापीत भएका सस्था रुपनदेही सेवा समाज युएईले रुपन्देहीका बिभीन्न बिपन्न परीवारलाई आर्थीक सहयोग प्रदान गरेको संरक्षक टंक थापा मगरले बताए ।
सो रकम बिभीन्न क्षेत्रका बिपन्न परीवारहरुमा क्यान्सर प्रभाबीत रुपन्देही बुटवल १९ मनोहरापुरका देब बहादुर रानालाई २५००० सैनामैना १० शालझण्डीका का होम बहादुर सर्तुङ्गगेलाई २५००० स्कुटरबाट दुर्घटना परेका देबदह सितलनगरका तमन्ना थापा लाई २५०००। मृगौला प्रभाबीत देबदहका गणेश तिवारीलाई २५००० र प्रगती बजारका लागी २५००० गरी एकलाख रुपैया सस्थाको तर्फबाट हस्तान्तरण गरीएको समाजका अध्यक्ष कला पंगेनीले बताईन ।
सो कार्यक्रममा रुपन्देही सेवा समाज युएईका सस्थापक अध्यक्ष बिष्णु साकोटा,संरक्षक धर्म भट्राई,संरक्षक टंक थापा मगर,बरीष्ठ उपाध्यक्ष युबराज भट्राई,महिला बिभाग प्रमुख सुनीता राना देबदह समाज युएईका अध्यक्ष स्याम बस्याल र सल्लाहकार राम श्रेष्ठको उपस्थीती रहेको थियो ।
यो समाजले बिदेशमा बसेर दुख गरी कमाएको थोरै थोरै गरी असहजतालाई केही राहत हुने गरी बिभीन्न समयमा सहयोग गर्दे आएको रुपन्देही सेवा समाज युएईका महासचीब प्रदिप पुन गमरले जानकारी दिए ।बिभीन्न रोगबाट ग्रसित बिरामीलाई स्वास्थय लाभको कामना सहीत रकम हस्तान्तरण गरीएको समाजसेबी टंक थापा मगरले बताए ।










