बुटवल, ११ मंसिर २०८३
हवाई भाडा महँगो हुने र मौसमको खराबीले उडान रद्द भइरहने समस्याका कारण पछिल्लो समय बुटवल सहीत देशका बिभीन्न ठाउबाट र आसपासका क्षेत्रबाट सडकमार्ग हुँदै डोल्पाको शे फोक्सुण्डो ताल जाने आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गएको छ।
विशेषगरी बुटवलबाट यात्रा गर्दा दाङको हापुरे हुँदै सल्यान र रुकुम पश्चिमको बाटो प्रयोग गरेर छोटो बाटोबाट डोल्पा पुग्ने सडकमार्ग युवा तथा साहसिक यात्रुहरूको प्रमुख रोजाइ बन्न थालेको हो। बुटवलबाट पूर्व–पश्चिम राजमार्ग हुँदै दाङको लमही र घोराही–तुलसीपुर भएर हापुरे निस्कँदै सल्यानको कपुरकोट–खलङ्गा–थारमारे हुँदै रुकुम पश्चिमको मुसिकोट र राडीज्युला पुग्न सकिन्छ। राडीज्युलाबाट जाजरकोटको तल्लुबगर हुँदै भेरी करिडोरको बाटो भएर डोल्पाको त्रिपुरासुन्दरी, दुनै र सुलिगाडसम्म सवारी साधनमै पुग्न सकिने भएकाले यात्रुहरूलाई निकै सहज भएको छ। गुल्मी हुदै बुर्तीबाङ र रुकुम पुर्ब पश्चिम ुल्ली हुदै सानो भेरी र ठुली भेरीको संगम स्थल रिम्ना निस्केर पनी जान सकीन्छ । भने काठमाण्डौबाट जनाका लागी हवाइमार्ग नेपालगन्ज हुदै सुर्खेतको बाटोपनी जान सकीन्छ ।
बुटवलबाट निजी जीप, स्कर्पियो वा रिजर्भ सवारीसाधनमा निस्कँदा पहिलो दिन रुकुम पश्चिमको मुसिकोट वा राडीज्युलामा बास बस्ने गरी यात्रा तय गरिन्छ। दोस्रो दिन बिहानै राडीज्युलाबाट तल्लुबगर हुँदै साँझसम्म डोल्पाको दुनै वा सुलिगाड पुग्न सकिन्छ। सुलिगाडमा सवारीसाधन पार्किङ गरी डोल्पाको सुलिगाड शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मा नेपालीका लागी १०० रुपैया साग मुलुकका लागी १५०० बिदेशीका ालगी ३००० भरीयाका लागी २छ रुपैया प्रबेश शुल्क लाग्छ । यो शुल्क काटेपछी शे फोक्सुण्डो ताल पुग्ने पदयात्रा मार्गमा सामान्यतया २ देखि ३ दिन लाग्छ। यात्रुको हिँडाइको गति र समयअनुसार बाटोमा पर्ने मुख्य बस्ती तथा होटलहरूमा बास बस्न सकिन्छ । सुलिगाड र कागेनी र राक्टाङ सुलिगाडबाट प्रवेश अनुमति लिएर अघि बढ्दा सुरुवाती बस्तीहरू हुन्। दिउँसो ढिलो गरी यात्रा सुरु गर्नेहरू वा छोटो दूरी हिँड्नेहरू यतातिर बस्न सक्छन्।
छेप्का करिब २,६७०–२,७६० मिटर सुलिगाडबाट हिँडेको पहिलो दिन बास बस्नका लागि यो निकै लोकप्रिय र उपयुक्त ठाउँ हो सुलिगाडबाट करिब ६–८ घण्टाको हिँडाइ यहाँ लज, होटल तथा होमस्टेको सुविधा छ।
र्याची रेन्ची करिब २,९६०–३,१२० मिटर छेप्काभन्दा अझै माथि उक्लिएर बास बस्न चाहनेहरूका लागि यो अर्को विकल्प हो। यहाँ साधारण टी(हाउस र लजहरू पाइन्छन्।
साम्दुवा साइजल र चुनुवार झरना होटल क्षेत्र दोस्रो दिनको यात्रामा छेप्का वा रेन्ची कटेपछि यी ठाउँहरू पर्छन्। यहाँ ुझरना होटलु लगायतका होटल लजहरूमा बास बस्न सकिन्छ, जसले गर्दा भोलिपल्ट रिङ्मो र ताल पुग्न सजिलो हुन्छ।
रिङ्मो गाउँ शे(फोक्सुण्डो ताल किनार करिब ३,६१०–३६३९ मिटर ताल नजिकैको परम्परागत रिङ्मो गाउँ र ताल क्षेत्रमा होटल, लज, होमस्टे तथा क्याम्पिङको व्यवस्था छ। यहाँ बास बसेर बिहानै ताल र आसपासको दृश्यावलोकन गर्न तथा थासुङ छोलिङ गुम्बा घुम्न निकै सहज हुन्छ।
त्यहाँबाट करिब दुई दिनको रमणीय पदयात्रामार्फत छेप्का र रिग्मो गाउँ हुँदै शेफोक्सुण्डो ताल पुग्न सकिन्छ। यसरी बुटवलबाट जाँदा र फर्किँदा करिब ६ देखि ८ दिनको समयमा फोक्सुण्डो यात्रा पूरा गर्न सकिन्छ।
दाङको हापुरेदेखि सल्यान र रुकुम हुँदै जाजरकोटको तल्लुबगरसम्मको अधिकांश सडक कालोपत्रे तथा स्तरोन्नति भइसकेकाले यात्रा सहज बनेको छ। यद्यपि, तल्लुबगरदेखि दुनैसम्मको भेरी करिडोर खण्डमा केही स्थानमा कच्ची तथा साँघुरो बाटो, अग्ला भीर र खोलाका अस्थायी पुलहरू पार गर्नुपर्ने भएकाले अनुभवी चालक र फोर ह्वील सवारीसाधन प्रयोग गर्नु सुरक्षित मानिन्छ।
सडकमार्गबाट यात्रा गर्दा बाटोमा पर्ने पहाडी तथा हिमाली जनजीवन, भेरी नदीको तिरैतिरको दृश्य र स्थानीय परिकारको स्वाद लिन पाइने भएकाले यो रुट आन्तरिक पर्यटन प्रवर्द्धनका लागि समेत महत्वपूर्ण बन्दै गएको छ।









