मुख्य सामग्रीमा जानुहोस्

मौलिक खानामार्फत पर्यटन प्रवर्द्धन गर्न शुक्रबारदेखि बुटवलमा खाना महोत्सव

२०८३-०८-१० / चौतारी खबर

मौलिक खानामार्फत पर्यटन प्रवर्द्धन गर्न शुक्रबारदेखि बुटवलमा खाना महोत्सव

बुटवल, मङ्सिर १०

मौलिक खानाका परिकारमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा शुक्रबारदेखि खाना महोत्सव हुने भएको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ।संघले बिहीबार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिएको हो। चार दिनसम्म सञ्चालन हुने महोत्सवमा ५० भन्दा बढी खानाका स्टल रहने महोत्सव संयोजक तथा संघका अध्यक्ष माधवकुमार खनालले जानकारी दिनुभयो। विविध मौलिक परिकारस् थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक परिकार एकै थलोमा उपलब्ध हुनेछन्।

निःशुल्क प्रवेश र स्वच्छतास् महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने खाद्य स्वच्छता र सरसफाइमा विशेष ध्यान दिइने अध्यक्ष खनालले बताउनुभयो।सांस्कृतिक र साङ्गीतिक प्रस्तुतिस् महोत्सव हरेक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म चल्नेछ। सो क्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।महोत्सवमा दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले राखेको छ। संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो।महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ। उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहित सहभागीहरू महोत्सवस्थल पुग्नेछन्। बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।

समाचारठगी तथा संगठित अपराध मुद्दामा पूर्वसचिव एकनारायण अर्याल विराटनगरबाट पक्राउ२०८३-०८-१० / चौतारी खबरसमाचारनेपाल हिमाली क्षेत्र केन्द्रित कोप–३१ को समीक्षा घोषणामा सीमित जलवायु वित्त, हिमाली संकट अझै ओझेलमा२०८३-०८-१० / चौतारी खबरसमाचारयातायात कार्यालय बुटवलबाट बिचौलीया पक्राउ,२०८३-०८-१० / चौतारी खबरसमाचारसामुदायिक शिक्षाको नमुना बन्दै बुटवलको कालिका क्याम्पस, गुणस्तरीय शिक्षामा विद्यार्थीको आकर्षण२०८३-०८-१० / चौतारी खबरसमाचार१५ बर्षपछी खैरो हेराईन कारोबारी पक्राउ२०८३-०८-१० / चौतारी खबरसमाचाररामनगर सामुदायीक बनका कारण करोडौ लगानी जोखीममा ।२०८३-०८-१० / चौतारी खबर