मुख्य सामग्रीमा जानुहोस्

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच शीतल निवासमा भेटवार्ता

भेटका क्रममा सभापति लामिछानेले देशको वर्तमान राजनीतिक अवस्था र विभिन्न समसामयिक विषयमा आफ्नो पार्टीको धारणा राष्ट्रपति पौडेलसमक्ष राखेका थिए।

२०८३-०८-११ / चौतारी खबर

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच शीतल निवासमा भेटवार्ता

काठमाण्डौ, मसीर ११

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेबीच आज शुक्रबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको दुवै पक्षका सचिवालयले जनाएका छन्।

लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार भेटका क्रममा सरकारको कामकारबाही, संसद्को भूमिका, सरकारले अघि सारेका अध्यादेश तथा वर्तमान राजनीतिक घटनाक्रमबारे विचारविमर्श भएको थियो। त्यसैगरी, राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटमा सरकारले सिफारिस गरेका अध्यादेश र समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ।

भेटका क्रममा सभापति लामिछानेले देशको वर्तमान राजनीतिक अवस्था र विभिन्न समसामयिक विषयमा आफ्नो पार्टीको धारणा राष्ट्रपति पौडेलसमक्ष राखेका थिए। यसअघि बिहीबार मात्र सभापति लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लामिछाने निवास बुढानीलकण्ठमा करिब पाँच घण्टा लामो भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसँगको भेटलगत्तै आज सभापति लामिछाने राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।