के प्रचण्डको जन्म नै देशलाई अस्थिर बनाउन भएको हो?? – Chautari Khabar

के प्रचण्डको जन्म नै देशलाई अस्थिर बनाउन भएको हो??

प्रचण्ड नेपाली राजनितिका ऐतिहाँसिक पात्र नै हुन उनको उदय जुन समयमा भयो यो सहि थियो या गलत समयले बताउँदै जाला तर जुन रूपमा उनले देशको राजनितीमा खेल्दै आएका छन उनको ब्यक्तिगत  लाभका आधारमा त त्यो फाइदा नै होला तर यसले देशलाई पुर्याएको घाटा हामी सबैको अगाडी छर्लड़्गै छ।

जब जब प्रचण्डले आफ्नो दिमाखको घडी फनक्क घुमाउँछन तब तब देशले ठुलै क्षति बेहोर्दै आएको छ। पहिलो जनआन्दोलनको जगमा प्रजातान्त्रिक अभ्यासको जग नबस्दै उनले देशलाई एउटा शताब्दियौं सम्म झक्कझकाउने भयंकर ठुलो भुमरीमा हाले । त्यस पछिका  गतिबीधि प्राय सबै उस्तै देखिन्छन ।

अस्थिरताको पर्यायवाची-
प्रचण्ड नाम नेपालको भाग्यमा अस्थिरताको पर्यायवाचि बन्न पुगेको छ। गणतन्त्र  पछिको पहिले आफ्नै नेतृत्वको सरकार टिकाउन नसकेर  उनले नेपालको राजनितीलाई एक दशक अस्थिरतामा हाले त्यसबिचमा उनले जून जुन रोल प्ले गरे ति सबैले देशलाई द्वन्द झगडा र समाजमा विद्वेष फैल्याउन मात्र अर्थपुर्ण रह्यो।

आज एउटा बोक्ने भोली अर्को बोक्ने र फेरी आफैले पश्चताप मान्ने उनको बालाबुद्धीले देशलाई सबैभन्दा बढी नोक्सान पुर्याएको छ।

बर्तमान परिस्थिती-
तत्कालीन एमालेसँग साँठगाठ नगरेको भए अथवा एमालेले बुइ नथापेको भए यो बेला उनि राजपाको हैसियतको पार्टी बोकेर बसिरहेका हुने थिए तर स्वार्थको लागि गैर सैद्धान्तिक र आफ्नै नैतिकता बिरूद्ध  जान तत्पर हुने उनले आफैले भोट नदिनुस भनेको सुर्यमाथि चढ्न पुगे।पतनको संघारमा पुगेका  उनि भाग्यले अहिले केन्द्रमा छन तर सिद्धान्त सहकर्मी र सपना सबै बिसाएका उनिमा अझै पनि चेत खुलेको छैन।
एउटा व्यक्तिलाई  कति वर्ष अध्यक्ष बन्न मन लाग्ला? कति पटक प्रम बने चै सपना पुरा होला???
हजारौ युवालाई समाजवादको नाममा गोली चखाउँदै समृद्धीको सपनमा सहिद हुन बाध्य पार्ने उनी किन अझै देशको सपनामा चै किन गम्भिर छैनन?

बिकास र समृद्धीका निमित्त जनताले ओलीलाई दिएको जनमतमा उनलाई पाँच वर्ष सहकर्मी बन्ने आदेश थियो तर लामो रेशको घोडा झै एक रफ्तारमा दौडनु पर्ने बेलामा, समृद्धीका बहस गर्नु पर्न बेलामा ,यो सुनौलो मौकामा किन पार्टी र देशलाई घाटा हुने केवल व्यक्तिवादी बिचार बोकेर हिँडेका छन?

यो समय झगडा गर्ने लडाइ गर्ने भन्दा पनि स्थिरता र समृद्धीको जग बसाल्दै समृद्ध नेपालको सपना साकार पार्ने समय हो तर उनि यो स्वर्णिम मौकामा पनि झगडा गराउने कसैको व्यक्तिगत  सपनामा दगुर्ने र सरकारलाइ सहि दिशामा  भन्दा सरकारलाई अनावस्यक काममा ध्यान मोड्न लगाउने लगाएतका काममा उद्दत छन् । यसले भलै उनलाई व्यक्तिगत फाइदा होला तर देशलाई भने यो उनको कदमले फेरी दशकौ पछाडि धकेल्ने निश्चित छ।

देशको अर्थतन्त्र भलै राम्रो नभएको होला तर अहिले सङ्घीय वित्तिय व्यवस्थापन लगायत धेरै पाटोमा देशले आधार र आर्थिक स्थिरता कायम गर्दै गइरहेको छ तर चुनावमा सहभागी हुन नचाहाने अनि देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउँदै गरेका अर्थमन्त्रीलाई जसरी नि हटाउन यो अन्तिम समयमा उच्च तहका वामदेवलाई राष्ट्रिय सभामा  कार्डको रूपमा फाल्नुमा षड्यन्त्रको चित्र छर्लड़्गै हुन्छ।
किनकी बामदेव अहिले राष्ट्रिय सभामा  नगइ नहुने कुनै कारण छैन र जाँदा देशलाई फाइदा हुने पनि कारण छैन तर प्रचण्ड किन यो सब गरिरहेका छन त?

किनकी उनि जनताको सपनाको सारथी  भन्दा नि आफ्नो फाइदाको लागि देशलाई अस्थिरतामा हाल्न चाहन्छन् जुन कुराको लागि उनको जन्म भएको थियो ।

सम्बन्धित खवर