मुख्य सामग्रीमा जानुहोस्

नेपाल मगर संघ शाखा यूएईको २०औँ साधारणसभा सम्पन्न, मगर एकता र पहिचान संरक्षणमा जोड

२०८३-०८-०७ / चौतारी खबर

नेपाल मगर संघ शाखा यूएईको २०औँ साधारणसभा सम्पन्न, मगर एकता र पहिचान संरक्षणमा जोड

यूएई मंसीर ७

नेपाल मगर संघ शाखा यूएईको २०औँ साधारणसभा सम्पन्न भएको छ। मगर समुदायको एकता, मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सभा सम्पन्न भएको हो।

सभाले विदेशमा रहेका मगर समुदायलाई आफ्नो मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिराख्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ। नेपाल मगर संघ शाखा यूएईका अध्यक्ष विष्णु राना मगरले ‘हाम्रो एकता नै हाम्रो पहिचान हो, हाम्रो एकता नै हाम्रो शक्ति हो’ भन्ने सन्देशमार्फत मगर समुदायबीच एकता र सहकार्यको भावना बलियो बनाउन आह्वान गरेका छन्। विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, भेषभूषा, चाडपर्व र परम्परालाई जोगाउनु सबैको साझा जिम्मेवारी भएको सन्देश सभामार्फत अघि सारिएको छ।

मगर समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै सामाजिक एकता कायम राख्न संघले निरन्तर भूमिका खेल्ने अपेक्षा गरिएको छ।

‘जय मगर जय मगरात जय नेपाल मगर संघ, शाखा यूएई भन्ने नारासहित सम्पन्न २०औँ साधारणसभाले विदेशमा रहेका मगर समुदायलाई आफ्नो पहिचान र संगठनप्रति थप जोडिन प्रेरित गर्ने विश्वास गरिएको छ। साधारण सभामा मगर अगुवाहरुलाई सम्मान समेत गरीएको थियो ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।