मुख्य सामग्रीमा जानुहोस्

बागडोगरा विवादमा सरकारको स्पष्टीकरण, सैन्य उडानलाई अनुमति नदिएको दाबी

२०८३-०८-०८ / चौतारी खबर

बागडोगरा विवादमा सरकारको स्पष्टीकरण, सैन्य उडानलाई अनुमति नदिएको दाबी

काठमाडौं, मंसिर ७।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा सहमति भएको भन्ने चर्चा सार्वजनिक भएपछि सरकारले त्यसबारे स्पष्ट पारेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति नभएको बताएका छन्।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले बागडोगरा विमानस्थलका लागि भारतीय सेनालाई नेपाली आकाश प्रयोग गर्न दिने सहमति नभएको स्पष्ट पारेका हुन्।

के थियो बागडोगरासम्बन्धी विवाद

भारतको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्ने प्रस्तावबारे नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको थियो।बागडोगरा विमानस्थल भारतीय वायु सेनाको आधारसमेत रहेको विमानस्थल हो। त्यहाँबाट हुने नागरिक उडान र सैन्य गतिविधिको विषयले नेपालमा चासो र सुरक्षा संवेदनशीलताको बहस सिर्जना गरेको थियो। नेपालले भारतीय सैन्य विमानलाई आफ्नो आकाश प्रयोग गर्न दिने विषयमा सहमति नदिएको सरकारी पक्षले स्पष्ट पारेको छ।

भैरहवा हवाई मार्गमा भने सहमति

बालेन–मोदी भेटवार्ताको महत्वपूर्ण उपलब्धिका रूपमा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ।यसअघि एकतर्फी रूपमा सञ्चालनमा रहेको बी ३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यससम्बन्धी प्राविधिक प्रक्रिया अन्तिम रूप दिन दुवै देशबीच थप परामर्श हुने संयुक्त वक्तव्यमा उल्लेख छ।

राष्ट्रिय सुरक्षाको विषयमा चासो

नेपालको आकाश प्रयोगसम्बन्धी विषय केवल हवाई सेवासँग मात्र जोडिएको छैन। यो राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र दुई देशबीचको कूटनीतिक सम्बन्धसँग पनि सम्बन्धित छ।त्यसैले भारतीय सैन्य विमानलाई नेपाली आकाश प्रयोग गर्न दिने सहमति भएको भन्ने विषयमा सार्वजनिक भएको चर्चालाई परराष्ट्रमन्त्रीको स्पष्टीकरणले स्पष्ट पारेको छ।नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार गर्ने सहमति भए पनि सैन्य प्रयोजनका लागि नेपाली आकाश प्रयोग गर्न दिने सहमति भएको छैन। अब प्रश्न उठेको छ—नेपालले भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिबाट कति लाभ लिन सक्छ र भविष्यमा थप हवाई मार्ग विस्तारका लागि भारतसँगको वार्ता कुन दिशामा अघि बढ्छ यदी भारतीय सेनाले नेपाली आकाश उपयोग गरेको खण्डमा द्धन्द्धको चपेटामा पर्ने बिष्लेषण गरेका छन्। बागडोराको बिषयले सुरक्षा सन्बन्धी चासो बढाएको छ ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।