मुख्य सामग्रीमा जानुहोस्

बालेन–मोदी भेटवार्तामा आठ समझदारीपत्रमा हस्ताक्षर ब्यबहारीक कार्यान्वयनमा चासो

२०८३-०८-०७ / चौतारी खबर

बालेन–मोदी भेटवार्तामा आठ समझदारीपत्रमा हस्ताक्षर ब्यबहारीक कार्यान्वयनमा चासो

नया दिल्ली

मंसीर ७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कुल २४ हजार करोड नेपाली रुपैयाँ ९२ खर्ब ४० अर्ब रुपैयाँ० बराबरको विकास सहायता दिने घोषणा गरेका छन्। यो आजको बालेन–मोदी भेटवार्ताको सबैभन्दा ठूलो आर्थिक उपलब्धि हो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज ९नोभेम्बर २३० भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने, आर्थिक सहयोग विस्तार गर्ने, ऊर्जा, व्यापार, पूर्वाधार, प्रविधि तथा सीमा पार यातायात सञ्जाल विकास गर्ने विषयमा सहमति भएको छ।

प्रधानमन्त्री बनेपछि बालेन शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। दुई नेताबीचको वार्तालाई नेपाल–भारत सम्बन्धमा नयाँ दिशा दिने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा भारतले नेपालको पुनर्निर्माण तथा विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ। ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग,११ हजार ५०० करोड भारतीय रुपैयाँ ऊर्जा परियोजनाका लागि ऋण सुविधा रहेको छ ।

यो सहयोग विशेषगरी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र दीर्घकालीन विकासमा उपयोग गर्ने उद्देश्य राखिएको छ।आठ वटा समझदारीपत्रमा हस्ताक्षर

भेटवार्तापछि नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा समझदारीपत्र ९ःयग्० आदानप्रदान भएको छ।भू–उपग्रह सञ्चार तथा अन्तरिक्ष प्रविधि।

प्रहरी अनुसन्धान तथा फरेन्सिक विज्ञानमा सहकार्य। सरकारी कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम। स्वास्थ्य तथा परम्परागत चिकित्सा पद्धति। दिगो सहरी विकास। पशुपालन तथा मत्स्यपालन। शैक्षिक तथा अनुसन्धान सहकार्य। सुरक्षा तथा संस्थागत तालिम रहेको छ ।

दुई प्रधानमन्त्रीले भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्। यसले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र दुई देशबीचको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। भेटवार्तामा जलविद्युत् तथा ऊर्जा व्यापार विस्तार गर्ने विषयले प्राथमिकता पाएको छ।६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनालाई अघि बढाउने सम्झौता गरीएको छ ।

धार्चुला–दार्चुला सीमा जोड्ने मोटर चल्ने पुल उद्घाटन। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण अघि बढाउने। सीमा नाकाको पूर्वाधार विस्तार गर्ने। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने। यी परियोजनाले नेपालको ऊर्जा उत्पादन, व्यापार र पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मोदीले निम्तो स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने बताएका छन्।

बालेनले भारतीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाल र भारतबीचको सम्बन्ध विश्वास र मित्रतामा आधारित रहेको बताएका छन्। नेपालका लागि यो भ्रमण कति महत्वपूर्ण नेपाल र भारतबीच खुला सीमा, व्यापार, रोजगारी, ऊर्जा, धार्मिक तथा सांस्कृतिक सम्बन्ध लामो समयदेखि रहँदै आएको छ। तर पछिल्लो समय सीमा विवाद, व्यापारिक निर्भरता र कूटनीतिक विश्वासका विषय पनि चर्चामा रहँदै आएका छन्।

यस्तो अवस्थामा बालेन शाह र मोदीबीच भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अवसर दिएको छ। तर सम्झौता हुनु मात्रै उपलब्धि होइन। भारतबाट घोषणा भएको आर्थिक सहयोग, ऊर्जा आयोजना र पूर्वाधारसम्बन्धी सहमति समयमै कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयले नै यस भ्रमणको वास्तविक सफलता निर्धारण गर्नेछ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।