मुख्य सामग्रीमा जानुहोस्

नेपाल प्रिमियर लिग एनपीएलमा आज मंगलबार एक खेल हुँदैछ ।

२०८३-०७-२४ / चौतारी खबर

नेपाल प्रिमियर लिग एनपीएलमा आज मंगलबार एक खेल हुँदैछ ।

काठमाण्डौ कार्तीक २४ त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलीसकेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ खेल हारेको छ । आजको जितले सुदूरपश्चिमका लागि प्लेअफमा पुग्न सहज बनाउनेछ ।उता, जनकपुर बोल्ट्सले पनि ५ वटै खेल जितेको छ । जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा रहेको छ । आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।