रुपन्देही सैनामैना मंसीर ६
नेपाल मगर महिला संघ सैनामैना नगर समितिको १२औँ साधारणसभा तथा चौथो अधिवेशनबाट लीला बुढाथोकी मगरको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरिएको छ ।जसको उपाध्यक्षमा रेणु थापा, सचिवमा मीना गलामी, कोषाध्यक्षमा कृष्ण पुन, सहकोषाध्यक्षमा शान्ति पुर्जा पुन, सहसचिवमा अमृता राना र सदस्यहरू मानकुमारी काला, मुना सूर्यवंशी, गोमा सारु हिस्की, मिनु श्रीस, चन्द्रकला सिजाली, सीता सिंजापति, शान्ता घर्ती, रमा थापा, कल्पना थापा, ममता थापा, प्रतिमा घर्ती रहेको छन्
सो अधिबेशनमा प्रमुख अतीथीको मन्तब्य राख्दै मगर समुदायको भाषा, कला, संस्कृति, पहिचान र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा मगर महिला संघको भूमिका महत्वपूर्ण रहेको बताउदै महिलाहरूको संगठनात्मक क्षमता विकास गर्दै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिए । मगर संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष सूर्यविक्रम राना, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य नन्दा बुढा, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष केशरी तरामु मगर, नेपाल मगर संघका रूपन्देही उपाध्यक्ष टेकबहादुर रेश्मी, मुक्त थापा, नेपाल मगर संघ सैनामैना नगर अध्यक्ष प्रेमबहादुर सोमरे मगर तथा सल्लाहकार विष्णु सर्तुङ्गे मगरलगायतले शुभकामना मन्तव्य राख्दै नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।











